विराटनगर । नेपाली कांग्रेस कोशी कार्यसम्पादन समिति बैठकले मुख्यमन्त्रीको दाबी फिर्ता लिन केदार कार्कीसहितलाई निर्देशन दिएको छ । प्रदेश संसदीय दललाई केन्द्रीय गठबन्धनले गरेको निर्णय कार्यान्वयनका लागि अनुरोध गरिएको प्रदेश महामन्त्री उमेश थापाले बताए । उनले केदार कार्की र समर्थन गरेका अन्य ७ सांसदलाई हस्ताक्षर फिर्ता लिन निर्देशन गरिएको जानकारी दिए ।
गठबन्धनले इन्द्र आङ्बोलाई अघि सारेलगत्तै शेखर पक्षका कार्कीले एमालेसँगको समीकरण बनाएर कांग्रेसका थप ७ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी गरेका छन् । पार्टीलाई एकतावद्ध बनाउन संसदीय दलसमक्ष अनुरोध गर्नुको साथै केन्द्रको थप निर्देशनको निर्णय अधिकार प्रदेश पदाधिकारीलाई दिने निर्णय पनि गरिएको छ ।
कांग्रेस कोशी कार्यसम्पादन समितिमा ३१ जना सदस्य छन् । आजको बैठकमा १४ जनाले मात्रै हस्ताक्षर गरेका छन् । बैठकमा आएर पनि केहीले हस्ताक्षर गरेनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असोज २०८०, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस