भक्तपुरबाट ५ जना जुवाडे पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २६ असोज २०८०, १३ : ५९
भक्तपुरबाट ५ जना जुवाडे पक्राउ

काठमाडौँ । भक्तपुरको सूर्यविनायकबाट प्रहरीले ५ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–८ स्थित दार्जिलिङ हाइटमा सञ्चालित जुवा खालमा छापा मारेर जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताए ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका नबराज दंगाल, सुर्यबहादुर श्रेष्ठ, डावाङ लामा, डिलबहादुर लामा र स्याङ्जा घर भएका पिताम्बर आले छन् । खालबाट ३ बुक तास र ४५ हजार नगद बरामद गरिएको डिएसपी पाठकले जानकारी दिए ।

जस्ताको दुईतले टहरोमा बिहीबार साँझ प्रहरी वृत जगातीको टोलीले छापा मारेको थियो । आरोपितलाई प्रहरीले जुवा ऐन अन्तर्गत मुद्दा चलाएको छ । 

प्रतिक्रिया दिनुहोस