मोरङ । पछिल्लो विकसित घटनाक्रमबारे छलफल गर्न कांग्रेस कोशी प्रदेशको कार्यसम्पादन समिति बैठक सुरु भएको छ ।बैठकले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका केदार कार्कीसहित ८ सांसदको विषयमा लक्षित निर्णय गर्ने तयारी छ ।
प्रदेशमा यसअघि बिहीबार नै मुख्यमन्त्रीको लागि ४७ सांसदसहित माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो र कांग्रेसका सांसद केदार कार्कीले प्रदेश प्रमुख समक्ष दाबी पेस गरिसकेका छन् । पार्टीको आधिकारिक निर्णयभन्दा बाहिर गएर कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि कांग्रेसको विवाद चरम उत्कर्षमा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असोज २०८०, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग