आइएमई जनरल इन्स्योरेन्स र नेशनल मेडिकल कलेजबीचसेवा सम्झौता

सफल खबर संवाददाता

विहीबार, ०७ भदौ २०७५, १३ : ०७
आइएमई जनरल इन्स्योरेन्स र नेशनल मेडिकल कलेजबीचसेवा सम्झौता

पर्सा । स्वास्थ्य सेवामा ग्राहकको पहुच सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले नगदरहित अन्तरंग सेवा स्वास्थ्य बीमा योजना अगाडि ल्याएको छ । उक्त सेवालाई प्रदेशिक तहमा समेत विस्तार गर्ने उदेश्य सहित यस आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेशनल मेडिकल कलेज प्रा.लि. वीरगंज, पर्सा विच आपसी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म नेशनल मेडिकल कलेज प्रा.लि. वीरगंज, पर्साबाट नगदरहित अन्तरंग सेवा प्राप्त हुनेछ ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब महाप्रबन्ध  पवन थापा र नेशनल मेडिकल कलेज प्रा.लि. वीरगंज, पर्साका तर्फबाट निर्देशक अबीद हसन अन्सारीले हस्ताक्षर गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस