काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १.०६ प्रतिशतले घटेर बन्द भएको छ । बुधबार ५.१६ अंकले बढेर १८९४.७६ को विन्दुमा बन्द भएको नेप्सेमा बिहीबार पुनः गिरावट भयो । बिहीबार बजार परिसूचक नेप्से २०.१६ अंकले घटेर १८७४.६० को विन्दुमा बन्द भएको हो ।
यो साता बुधबारबाहेक ४ कारोबार दिन नै नेप्सेमा गिरावट भएको हो । बिहीबार म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ । होटल तथा पर्यटन उपसूचक ३ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक १.५९ प्रतिशत, निर्जीवन बीमा उपसूचक १.५२ प्रतिशत, जीवन बीमा उपसूचक १.४० प्रतिशत वित्त कम्पनी उपसूचक १.४१ प्रतिशत र विकास बैंक उपसूचक १.२३ प्रतिशतले गिरावट भएको छ ।
नेप्सेमा गिरावट भएपनि कारोबार रकममा भने सुधार भएको छ । बिहीबार नेप्सेमा ६२ हजार ४६ वटा कारोबारमा ७५ लाख ५८ हजार ५४२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ७० करोड १ लाखको कारोबार भएको छ । मंगलबार १ अर्ब २८ करोडको कारोबार भएको बजारमा बुधबार कारोबार रकम घटेर करिब १ अर्ब ९ करोडमा सीमित भएको थियो । बिहीबार कारोबार रकममा उल्लेख्य सुधार देखिएको हो ।
कारोबारमा आएकामध्ये लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर सर्वाधिक १६ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५ करोड ४ लाख र नेपाल एसबिआई बैंकको ४ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असोज २०८०, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५४ अंक बढ्यो सेयर बजार, साढे २३ अर्ब बढीको कारोबार
नेप्से परिसूचक २६ अंकले घट्यो
बढ्यो सेयर बजार, बैंकिङमा उच्च वृद्धि
२८ सयमुनि झर्यो सेयर बजार
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
दोहोरो अंकले बढ्यो नेप्से