काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लगानीको सुरक्षाको जिम्मा राज्यको भएको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी र गैरआवासीय नेपाली सङ्घबिचको अन्तरक्रियामा उनले आफ्नो लगानीको सुरक्षाका लागि कुनै नेताको पछि लाग्नु पर्ने अवस्था आउनु दुखद भएको उनको भनाई छ ।
‘भोली तपाईँहरूले लगानी गर्दा तपाईँलाई सुरक्षा दिने काम राज्यको नीतिको हो कुनै नेताको हैन । कुनै नेताले तपाईँलाई संरक्षण दिनुपर्ने बाध्यता नबनोस् । देशले लिएको नीतिले तपाईँहरूलाई संरक्षण गरोस् । ’
उनले सहि नियत नीति र नेतृत्व बनाएर काम गर्नुपर्ने बताए । एनआरएनको लगानी नेपालमा ल्याउनको निम्ति जे गर्नुपर्छ राष्ट्रिय स्वतन्त्र पार्टी तयार रहेको उनको भनाई छ ।उल्टो धारो बग्नु हुँदैन विभिन्न राजनीतिक दलहरूमा धाउने प्रवृत्तिको अन्त्य गर्नु पर्ने उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असोज २०८०, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा
सत्तापक्षका सांसद बोल्न थालेपछि संसद्बाट बाहिरियो रास्वपा