काठमाडौँ । नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ। काठमाडौँ जिल्ला अदालतमा आजका लागि तोकिएको सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश अभावका कारण स्थगित भएको हो।
अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार जिल्ला अदालतका ३० न्यायाधीशमध्ये २१ जनामात्रै उपस्थित छन्। अनुपस्थित रहेका ९ जनामध्ये ६ जना सरुवा भएर आउनै बाँकी रहेको र ३ जना न्यायाधीश बिदामा रहेको सूचना अधिकारी दाहालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असोज २०८०, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा अम्पायरिङको स्तरमा सुधार आवश्यक छः सन्दीप लामिछाने