मनकामनालाई विश्व सम्पदास्थल बनाउन आग्रह

रासस

विहीबार, २५ असोज २०८०, ०७ : १२
मनकामनालाई विश्व सम्पदास्थल बनाउन आग्रह

गोरखा । प्रसिद्ध धार्मिकस्थलको रूपमा चिनिएको गोरखाको मनकामना मन्दिरलाई विश्व सम्पदा स्थलका रूपमा विकास गर्न स्थानीयवासीले आग्रह गरेका छन् ।

मनकामना मन्दिरको सरसफाइ कार्यक्रममा सहभागी भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग स्थानीयवासीले मनकामना मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्नका लागि पहल गर्न माग गरेका हुन् । मनकामना मन्दिरको समग्र विकास, व्यवस्थापन र संरक्षणलगायतका विषयमा मन्त्री किरातीसँग स्थानीयवासीले चासो व्यक्त गरेका थिए ।

सो अवसरमा मन्त्री किरातीले मन्दिरको संरक्षण, रेखदेख र व्यवस्थापन स्थानीय सरकारले नै गर्ने गरी अगाडि बढ्नुपर्ने बताए । उनले मन्दिरसँगै यस क्षेत्रको विकासका लागि सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस