रिगलको आममाफीविरुद्ध माईतीघरमा विरोध प्रदर्शन

सफल खबर संवाददाता

बुधबार, २४ असोज २०८०, १५ : ३५
रिगलको आममाफीविरुद्ध माईतीघरमा विरोध प्रदर्शन

काठमाडौं। रिगल डन भनिने योगराज ढकालको आममाफीविरुद्ध माईतीघरमा विरोध प्रर्दशन भएको छ । आममाफीको विरोधमा अनशनरत भारती शेर्पा पक्षधर तथा अभियन्ताहरु स्वतस्फूर्त सहभागी भएर प्रर्दशन गरेका हुन् ।

रिगलले नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेका थिए । उक्त मुद्दामा जिल्ला अदालत बाँकेले रिगललाई सर्वस्वसहित जन्मकैदको सजायको फैसला गरेपनि संविधान दिवसको दिन उनले आममाफी पाएका थिए ।

प्रदर्शनका क्रममा उनीहरुले राष्ट्रपतिको राजीनामा समेत मागेका छन् । उनीहरुले माईतीघरदेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्व विरोध ¥याली गरेका थिए ।रिगलको आममाफीलाई पुनरावलोकन गरिनुपर्ने उनीहरुको माग छ । उनीहरुले ‘अपराधीलाई सम्मान गर्न बन्द गर, जघन्य अपराधी रिगललाई जेल चलान गर, क्रुर हत्याको आममाफी फिर्ता गर, विधिको शासन पालना गर’ लगायतका प्लेकार्ड बोकेर प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस