भूमि आयोगका ३ जना कर्मचारी प्रहरीको नियन्त्रणमा

सफल खबर संवाददाता

मंगलबार, २३ असोज २०८०, १२ : ०५
भूमि आयोगका ३ जना कर्मचारी प्रहरीको नियन्त्रणमा

काठमाडौँ । राष्ट्रिय भूमि आयोगको ३ जना कर्मचारीलाई प्रहरीले झापाबाट नियन्त्रणमा लिएको छ  । झापाको हल्दिबारीबाट करारमा कार्यरत ३ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको झापाका एसपी दुर्गाराज रेग्मीले बताए ।

पक्राउ पर्नेहरूमा जुम्लाको सिजा गाउँपालिका घर भएका २३ वर्षीय मोहन नेपाल, दोलखाका २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका–८ घर भएका २३ वर्षीय कमल खनाल छन् । उनीहरू आयोगबाट हाल्दिबारी गाउँपालिकामा खटिएका हुन् ।

 

जग्गा वितरणको काम ‘छिटो गराउँछौँ’ भनेर रकम लिएको सूचनाको आधारमा उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको एसपी रेग्मीले जानकारी दिए । प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ । कर्मचारीहरुले हाल्दिबारी वडा नम्बर–१ का गणेशप्रसाद पौडेलको जग्गाको मोठ कायम गर्दा ३९ हजार ६ सयको बिल काटेर ८० हजार लिएको आरोप छ । 

प्रतिक्रिया दिनुहोस