काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले गरिबको आवाज उठाउँदा आफूमाथि कालो मोसो दलिएकाे बताएका छन् ।
कालोमोसो दलिएको भोलिपल्ट मंगलवार बिहान पत्रकार सम्मेलन गर्दै प्रसाईँले अव एमालेसँग खेल सुरु भएको बताए । प्रसाईले उक्त घटनामा एमालेका कार्यकर्ता संलग्न रहेको आरोप लगाएका थिए।
प्रसाईंले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए। पत्रकार सम्मेलन सकेर बाहिर निस्किने क्रममा अज्ञात व्यक्तिले उनीमाथि कालोमोसो दलेका थिए।
उनले एमाले अध्यक्ष केपी शर्मा ओली हजुरबा भन्दा प्रचण्ड र नारायणकाजी श्रेष्ठमा राजनीतिक चरित्र देखिएको बताएका छन् । ‘हजुर बुबामा राजनीतिक चरित्र देखिएन, बरु प्रचण्ड र नारायणकाजी श्रेष्ठमा राजनीतिक चरित्र देखियो’, प्रसाईंले भने, ‘एमालेले मलाई ठुलो गुन लगायो । नेता बनायो । ट्रेडमार्क बनायो । एमालेसँग प्रतिस्पर्धा गर्ने दुर्गा प्रसाईं हो भन्ने ठान्यो ।’ प्रसाईंले भने ।
प्रसाईँले १८/२० जना मारवाडीको हातमा देशको अर्थतन्त्र गइसकेको भन्दै अब केही वर्षभित्रै यो देशको सत्ता पनि मारवाडीकै हातमा जाने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ असोज २०८०, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्छ: दुर्गा प्रसाई
‘जेनी जी’ को आन्दोलनमा मिसिने दुर्गा प्रसाईंको घोषणा
राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा
तीनकुनेमा मलाई इन्काउन्टर गर्ने योजना रहेछ: दुर्गा प्रसाईं
दुर्गा प्रसाईंलाई छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय अदालत जाने
दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालतको आदेश