नेपाली कांग्रेसले मुलुकको ठूलाठूला आन्दोलनको नेतृत्व गरेको छ : सभापति देउवा

सफल खबर संवाददाता

बुधबार, ०६ भदौ २०७५, १९ : ३०
नेपाली कांग्रेसले मुलुकको ठूलाठूला आन्दोलनको नेतृत्व गरेको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीले मुलुकको ठूलाठूला आन्दोलनको नेतृत्व गरेको दावी गर्नुभएको छ । सभापति देउवाले पार्टीका स्वर्गीय नेता भरतशमशेर राणाको प्रेरणाबाटै नेपाली कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको समेत अगुवाई गर्न सफल भएको दावी गर्नु भयो ।

बुधबार पार्टीका स्वर्गीय नेता भरतशमशेर राणाको १३ औं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले भरत शमशेर राणा कुलीन परिवारमा जन्मेर पनि क्रान्तिकारी व्यक्तित्व भएको उल्लेख गर्दै उहा“ले पञ्चायति व्यवस्था ढाल्न ठूलो योगदान गर्नु भएको स्मरण गराउनु भयो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय भरत शमशेर राणाले गरिव र दलित जनताको मुक्ति आन्दोलनको नेतृत्व लिएको उल्लेख गर्नु भयो । उहाँले कांग्रेसलाई लोकतन्त्रको रक्षाकवजको रुपमा अघि बढाउन पनि भरत शमशेरको नेतृत्वदायी भूमिका रहेको दावी गर्नुभयो ।

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले भरतशमशेर राणाले नेपालको लोकतान्त्रिक आन्दोलनलाई यो ठाउँमा पु¥याउन अतुलनीय योगदान दिएको बताउनु भयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले भरत शमशेरलाई एक संघर्षशील नेताको रुपमा चित्रण गर्नु भयो । अध्यक्ष राणाले दरबारको सुखसयल त्याग गरेर भरत शमशेर राणाले नेपालमा लोकतन्त्र स्थापनाका लागि कठोर संघर्ष गरेको पनि बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस