चितवन । बलात्कार, हिंसा र बेचविखनमा परेका ५ जना महिलालाई आज परिवारमा पुनर्मिलन गराइएको छ । उनीहरुलाई केही वर्षदेखि आदर्श नारी विकास केन्द्र आदर्श गृहले जीवन दिएको थियो, अर्थात् उनीहरुलाई भरतपुर कृष्णपुरमा रहेको आदर्श गृहले आश्रय दिँदै सीप दिएको थियो । उनै ५ जना महिलालाई परिवारमा पुनर्मिलन गराइएको छ ।
सिलाइकटाइ तालिम दिएर मेशिनसहित उनीहरुलाई आत्मनिर्भर हुन सक्ने भएपछि आज उनीहरुलाई परिवारमा पुनर्मिलन गराइएको गृहकी अध्यक्ष मिना खरेलले जानकारी दिनुभयो ।
भरतपुर महानगरकी प्रमुख रेनु दाहालले उनीहरुलाई सीता तामाङ, शान्ति तामाङ, शोभा पाण्डे, जुनु भुजेल र वन्दना अधिकारीलाई परिवारमा पुनर्मिलन गराइएको हो ।
महानगर प्रमुख रेनु दाहालले आदर्श गृहलाई कहिँकतै जग्गा खोजेर उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । प्रमुख अतिथि समेत रहनुभएको महानगर प्रमुख रेनु दाहालले उत्पीडित हिंसामा परेका महिलासँग मेयर कार्यक्रम दोस्रो नगरसभाबाट पारित भएको र हिंसामा परेका महिलाहरुको लागि महानगरले विभिन्न कार्यक्रम ल्याइरहेको बताउनुभयो । ‘रातो किताब छाप्ने तयारीमा छौँ, हिंसामा भएका महिलाहरुको लागि महानगरले केही न केही कार्यक्रम ल्याउनेछ’ प्रमुख दाहालले भन्नुभयो ।
महानगर प्रमुख रेनु दाहालले पुनर्मिलन कार्यक्रममा सर्टिफिकेट दिँदै समाजमा उच्च शानका साथ काम गरेर देखाउन गरी अघि बढ्न सुझाव दिनुभएको थियो ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्य, संस्थाका सल्लाहकार भोजराज कौडाल, वडा ४ का कार्यवहाक अध्यक्ष प्रेम पाठकलगायतले मन्तव्य दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस