चितवनमा बस र ट्रक ठोक्कियो, एकको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०६ भदौ २०७५, १७ : १५
चितवनमा बस र ट्रक ठोक्कियो, एकको मृत्यु


चितवन । भरतपुर महानगरपालिका २९ नं वडाको खयरखोलामा बस र ट्रक एकआपसमा ठोक्किँदा एकको मृत्यु भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।
दुर्घटनामा बसका चालक गोरखा आरुपोखरी निवासी ४० वर्षीय काजिराम योगीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

नारायणगढबाट गोरखा जाँदै गरेको ना ४ ख ७५१३ नम्बरको यात्रुवाहक बस र मुग्लिङबाट नारायणगढ आउदै गरेको लु १ ख ७४०६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा दुर्घटना भएका प्रहरीको भनाइ छ । घाइते १९ जनाको पुरानो मेडिकल कलेज भरतपुर र ६ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस