काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले निरन्तर कमजोरी गर्दै आइरहेको औँल्याएका छन् । शिक्षा विधेयकमाथि सैद्धान्तिक छलफलको क्रममा बोल्दै सत्तापक्ष र प्रतिपक्ष नभनी सहमतिमा टुङ्ग्याउनुपर्ने बताएका हुन् ।
सदनमा उनले भने, ‘सरकारले कैयौँ निर्णयहरूमा कमजोरी गरिरहेको छ । यो निर्णयमा कमजोरी नगरोस् । शिक्षकहरूले गरेको आन्दोलनका क्रममा भएका सम्झौताहरूलाई संशोधनको अङ्ग बनाइराखेर परिमार्जित गरेर अगाडि बढोस् ।’
सरकारमा जो भएपनि विद्यालयमा सबै भएकाले त्यसतर्फ गम्भीर हुन उनले आग्रह गरे । उनले भने, ‘एउटा भनाइ छ ठुलाको लागि जेल बनाउनुभन्दा सानाको लागि विद्यालय बनाउनु राम्रो कुरा हो । सरकार एकातिर सानालाई व्यवस्थित विद्यालयको परिकल्पना गर्दैछ । अर्कोतिर ठूलाका लागि जेल बनाउनुहुन्न भन्ने कुरा त सही हो । जघन्य अपराधमा रहेका आममाफीको प्रक्रियाबाट छाड्दै छ । त्यसैले कानून बनाएरमात्रै समाज सुन्दर बन्दैन । कार्यान्वयन गर्ने सरकार कति गम्भीर बन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असोज २०८०, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पराजयको सम्पूर्ण दोष बोक्न तयार छु: विश्वप्रकाश शर्मा
मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
मतदान पछि विश्वप्रकाश शर्माले भने- भयरहित वातावरणमा मतदान गरौँ
शेरबहादुर देउवालाई विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएका हौँ : विश्वप्रकाश शर्मा
चुनावपछि काँग्रेस पहिलो पार्टी बन्ने विश्वप्रकाश शर्माको दाबी
‘पहिलो हुने दलको प्रधानमन्त्रीलाई पूरै ५ वर्ष सरकार चलाउने सुनिश्चितता गरौँ’ : विश्वप्रकाश शर्मा