काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले निरन्तर कमजोरी गर्दै आइरहेको औँल्याएका छन् । शिक्षा विधेयकमाथि सैद्धान्तिक छलफलको क्रममा बोल्दै सत्तापक्ष र प्रतिपक्ष नभनी सहमतिमा टुङ्ग्याउनुपर्ने बताएका हुन् ।
सदनमा उनले भने, ‘सरकारले कैयौँ निर्णयहरूमा कमजोरी गरिरहेको छ । यो निर्णयमा कमजोरी नगरोस् । शिक्षकहरूले गरेको आन्दोलनका क्रममा भएका सम्झौताहरूलाई संशोधनको अङ्ग बनाइराखेर परिमार्जित गरेर अगाडि बढोस् ।’
सरकारमा जो भएपनि विद्यालयमा सबै भएकाले त्यसतर्फ गम्भीर हुन उनले आग्रह गरे । उनले भने, ‘एउटा भनाइ छ ठुलाको लागि जेल बनाउनुभन्दा सानाको लागि विद्यालय बनाउनु राम्रो कुरा हो । सरकार एकातिर सानालाई व्यवस्थित विद्यालयको परिकल्पना गर्दैछ । अर्कोतिर ठूलाका लागि जेल बनाउनुहुन्न भन्ने कुरा त सही हो । जघन्य अपराधमा रहेका आममाफीको प्रक्रियाबाट छाड्दै छ । त्यसैले कानून बनाएरमात्रै समाज सुन्दर बन्दैन । कार्यान्वयन गर्ने सरकार कति गम्भीर बन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असोज २०८०, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी समूहबिच भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्छ : विश्वप्रकाश शर्मा
फागुन २१ को चुनाव यी २ कारणले सर्न सक्छ : विश्वप्रकाश शर्मा
विशेष महाधिवेशनको माग बेवास्ता गरिए राजीनामा दिन्छु : विश्वप्रकाश शर्मा
विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न हो : विश्वप्रकाश शर्मा
विश्वप्रकाश शर्माद्वारा चुनावअघि महाधिवेशन गर्न सकिने चार विकल्प प्रस्ताव
‘फरक मत आउनु स्वाभाविक, कसैले धूप हाल्दैमा काँग्रेस फुट्दैन’ : विश्वप्रकाश शर्मा