एनआरएनए महाधिवेशन : उपमहासचिवमा सोम सापकोटाको दर्बिलो उम्मेदवारी

सफल खबर संवाददाता

शुक्रबार, १९ असोज २०८०, ११ : १२
एनआरएनए महाधिवेशन : उपमहासचिवमा सोम सापकोटाको दर्बिलो उम्मेदवारी

काठमाडौँ । यही अक्टोबरमा तय भएको गैरआवायीय नेपाली संघ (एनआरएनए) को ११ औँ महाधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढ्न थालेको छ । एनआरएनएका अभियन्ताहरु आफ्नो पक्षमा माहोल बनाउन विश्वभर प्रचारप्रसारदेखि उम्मेदवारी घोषणालाई तीव्र बनाएका छन् । 

चुनावको माहोलका बीच गैरआवासीय नेपाली संघका प्रवक्ता सोम सापकोटा भने संगठनलाई चुस्त र चलायमान बनाउनसमेत व्यस्त छन् । विश्वभरका गैरआवासीय नेपालीलाई एकताबद्ध गर्ने र संगठनसँग जोड्दै भाइचारालाई बलियो बनाउने कार्यमा उनी सक्रिय छन् । 

एनआरएनएभित्र मिलनसार, मृतुभाषी र अरु अभियन्ताहरुको विश्वास जित्न सफल सापकोटाको जनसम्पर्क निकै सशक्त रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । यतिबेला उम्मेदवारहर आफू जहाँ रहेका छन् त्यही स्थानबाट आफ्नो पक्षमा माहोल बनाउन डेलिगेट्सलाई सम्पर्क गर्नेदेखि प्रचार प्रसारमा व्यस्त छन् । सापकोटा गैरआवासीय नेपाली संघमा तथ्यमा जानकार र जनसम्पर्कमा अब्बल सदस्यका रुपमा मानिन्छन् । हरेक सदस्यसँग व्यक्तिगत सम्पर्क रहेका उनी मुद्दामा गम्भीर छलफल र निष्कर्ष निकाल्नका लागि माहिर मानिन्छन् । 

एनआरएनएको यही अक्टोबरमा हुने महाधिवेशनमा उपमहासचिव पदको उम्मेदवार समेत रहेका सापकोटा आफ्नो उम्मेदवारीको प्रचारमा मात्रै सीमित छैनन्, उनी समग्र एनआरएनएको सुदृढीकरण र एकताका समेत सक्रिय छन् । विश्वभरका एनआरएनए अभियन्तासँग निरन्तर सम्पर्कमा रहिरहने र उनीहरुलाई संस्थामा आबद्ध गराउन प्रेरित गर्ने उनको विदेशी संघसंस्था र राजनीतिककर्मीहरुसँग पनि राम्रो सम्बन्ध रहेको छ । विदेश बसाइको २८ वर्षको अवधिमा उनी आधा दर्जन हाराहारीको देशमा बसेर त्यहाँको वातावरणसँग भिजिसकेका छन् ।  

सन् १९९६ मा नेपालबाट अवसरको खोजीमा स्ट्जिरल्याण्ड पुगेका उनी त्यहाँ एक वर्ष बसेपछि जर्मनी बसाइँ सरे । त्यहाँ पनि दुई वर्ष बसेपछि छोटो समय हल्याण्डमा रहँदै पछि बेल्जियम पुगे । बेल्जियम हुँदै १९९९ को अप्रिलदेखि पोर्चुगलमा बसाइ सरेका सापकोटा जहाँ पुगे त्यहा पुगेर नेपाल र नेपाली समूदायको पक्षमा खुलेर लागिपरे।  रोचक त के छ भने उनी पोर्चुगलमा १३औँ नम्बरको नेपालीको रुपमा त्यहाँ पुगेका थिए । जहाँ अहिले ७० हजारको हाराहारीमा नेपाली रहेको अनुमान गरिएको छ ।  त्यहाँ पुगेसँगै सामाजिक गतिविधिमा व्यस्त उनले पोर्चुगल नेपाल फ्रेण्डसिप एसोसिएसन गठन गरेर नेपाल र पोर्चुगललाई जोड्ने काम गरे । यसैगरी गैरआवासीय नेपाली संघ, जनसम्पर्क समिति, नेपाली समाज पोर्चुगल लगायतमा उनी सक्रियताका साथ लागिपरे भने त्यहाँ आफ्नो छुट्टै पहिचान बनाउन सफल भए ।

त्यसपछि २००९ मा डेनमार्क पुगेका उनले एनआरएनए डेनमार्कलाई जन्माउँदै अध्यक्ष बने भने त्यहाँ पनि बिर्सनै नसकिने केही काम गर्न सफल गरे । त्यसमध्ये एउटा कोप १५ मा सक्रियतासाथ नेपाललाई विश्वसामू चिनाउन नेतृत्वदायी भूमिका खेलेका थिए, सापकोटाले । सो क्रममा उनले नेपाल पर्यटन बोर्डको जनप्रतिनिधि भएर नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेका थिए । 

डेनमार्कमा ७ वर्ष बिताएका उनले सोही समयमा जहाँ नेपाली त्यहाँ गैरआवासीय नेपाली संघ भन्ने नाराका साथ स्वीडेन र चेकरिपब्लिकमा राष्ट्रिय समन्वय समिति गठन गरेका थिए । यस्तै थप अवसर र पारिवारिक दायित्व पुरा गर्ने क्रममा २०१७ मा बेलायत पुगे । बेलायतका साथसाथै व्यवसायको सिलसिलामा २०२० मा माल्टा पुगेका उनले आफ्नै सक्रियतामा एनआरएनएको राष्ट्रिय समन्वय समिति बनाए । 

सोही क्रममा माल्टा र नेपाललाई जोड्नका लागि माल्टा नेपाल चेम्बर अफ कमर्स गठन गरेर दुई देशबीचको व्यापारलाई जोड्नका लागि समन्वयकारी भूमिका खेलेका थिए । यस्तै माल्टा नेपाल फ्रेण्डसिप एसोसिएसन गठन गरेर समग्र देशलाई नै जोड्ने काम गरेबापत उनलाई नेपाल पर्यटन बोर्डले माल्टाको मानार्थ जनप्रतिनिधि नै चयन गरेको थियो । छोटो समय माल्टा बसाइका क्रममा उनले नेपाल र माल्टाको सम्बन्ध सुधारमा सकारात्मक भूमिका खेल्दै भिजिट नेपाल २०२० का लागि विभिन्न कार्यक्रमहरु आयोजना गरेका थिए ।

पछिल्लो समय बेलायतलाई कर्मभूमि बनाएर विश्वभर आफ्नो जनसम्पर्क बढाउन सफल सापकोटा २०२२ मा मन्त्रिपरिषद्को निर्णयअनुसार वेल्सका लागि नेपालको टुरिजम सद्भावना राजदूत नियुक्त भएका थिए । २८ वर्षे प्रवास बसाइमा उनी जहाँ जहाँ पुगे सो देशका स्थानीय सरकार, मिडिया, गैरआवासीय नेपाली, सामाजिक संघसंस्था, एनजीओ तथा आईएनजीओ, उद्योगीलगायतसँग समन्वय गर्दै नेपालसँग निरन्तर जोडिने प्रयास गरिरहे । यतिमात्रै होइन उनले भारतमा रहेको करिब ५० लाख नेपाली समूदायलाई समेत कुनै न कुनै माध्यमबाट एनआरएनएमा जोड्नुपर्छ भन्ने उद्देश्यसहित पहलकदमी लिँदै आएका छन् । 

यस्तै विश्वका विभिन्न देशभा रहेका गैरनेपाली तर नेपालीभाषीहरुलाई समेत कहीँ न कहीँ नेपालसँग जोड्ने र दोस्रो पुस्तालाई फ्री भिसामार्फत अध्ययन तथा अवसरका लागि नेपाल ल्याउनपर्छ भन्ने मान्यता उनको रहिआएको छ । त्यसका लागि प्रययत्नशील रहेका सापकोटा कुनै पनि किसिमले नेपालीलाई हित हुने गरी अभियान सञ्चालन हुनुपर्ने धारणा राख्छन् । 

गोरखा सैनिकका साथै सिंगापुर पुलिसमा रहेका नेपालीलाई पनि एनआरएनएले कुनै न कुनै ढंगले जोड्नुपर्ने उनको धारणा छ । उनी भन्छन्, ‘जुन प्रक्रियाबाट अवसरको खोजीमा विश्वसका जुनसुकै देशमा पुगेपनि नेपाली मूलका नेपालीभाषीहरुलाई कुनै न कुनै प्रक्रियाबाट जोडिरहनुपर्छ भन्ने मेरो धारणा छ ।’ उनले अगाडि भने, ‘उनीहरुको समस्या गैरआवासीय नेपालीले समाधान गर्न पहलकदमी लिनुपर्छ । साथसाथै उनीहरुबीचमा रहेको भावना, पुँजी र सिप देश विकासमा लगानी गर्नुपर्छ ।’

नेपालमा राजनीतिक दल, दलका नेताका साथै सामाजिक संघसंस्था र कर्मचारी प्रशासनसम्मसमेत राम्रो सम्बन्ध बनाएका उनको जनसम्पर्ककै कारण नेपाल र विश्वभरका एनआरएनएमाझ खास पहिचान छ । जसअनुसार उनले माल्टा, डेनमार्क, बेलायतलगायत विभिन्न देशका दल र राजनीतिकर्मीहरुसँग निकट सम्बन्ध राख्दै नेपालको विकासका लागि समन्वयकारी भूमिका निर्वाह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस