भारतबाट आउनेका लागि बैतडीका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

सफल खबर संवाददाता

विहीबार, १८ असोज २०८०, १५ : ४०
भारतबाट आउनेका लागि बैतडीका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

 बैतडी। चाडपर्वलाई लक्षित गर्दै भारतीय नाकासहित बैतडीका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।दशैं र तिहारका बेला यात्रुहरूलाई गन्तव्यमा  पुर्‍याउन सहयोग गर्ने उद्देश्यले भारतसँगको सीमानाका झुलाघाट, सदरमुकामस्थित गोठलापानी, सतबाँझ, गोकुलेश्वर, पाटन र खोड्पेमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । 

चाडपर्वका समयमा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई समाधान गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

तोकिएकोभन्दा बढी भाडा लिन नदिन, क्षमताभन्दा बढी यात्रु बोक्न नदिन र यात्रुलाई सहजताका साथ गन्तव्यमा पुर्‍याउन यात्रु सहायता कक्षमार्फत काम गरिनेछ ।प्रहरीको १०० नम्बर र जिल्ला ट्राफिक प्रहरीको फोनमा सम्पर्क गरेर समस्या राखेमा पनि समस्या समाधान गरिने जनाइएको छ । 

सञ्चालन गरिएका प्रत्येक सहायता कक्षमा कम्तीमा दुई सुरक्षाकर्मी खटिएका छन् । छठ पर्वसम्म यात्रु सहायता कक्षलाई निरन्तरता दिइने बताइएको छ । दशैं, तिहार र छठ जस्ता चाडपर्वलाई लक्षित गरेर जिल्लाका अन्य स्थानमा पनि चाँडै यात्रु सहायता कक्ष स्थापना गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस