काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालबाट शिक्षा र कामका लागि विदेश जानेहरु अत्याधिक बढेको भन्दै यही स्थिति रहे १०–२० वर्षमा मुलुक रित्तिने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद केसीले नेपालमा राम्रो शिक्षा र काम नपाएर नभई धेरैलाई विदेश जानुपर्ने रोग लागेको टिप्पणी गरे । ‘सबै बेरोजगार भएर, काम नभएका मान्छेमात्र विदेश गएका होइनन्, नेपालमा यस्तो रोग लाग्यो कि मन्त्रीका छोरा, सांसदका छोरा, साहु महाजनका छोरा, धनीमानीका छोरा सबैको एउटै उद्देश्य के छ भन्दा नेपालमा केही हुन्न । त्यसकारण जाने गन्तव्य अमेरिका, युरोप, अष्ट्रेलिया, त्यो गर्न नसक्ने कमसे कम जापान’, केसीले भने, ‘सुनियोजित किसिमले मुलुक रित्याउने जुन स्थिति भएको छ । यो एजेण्डामा हामीले संसदमा छलफल गर्नुपर्छ ।’
नयाँ पिँढी के कारणले मुलुकमा बस्न चाहेका छैनन् भन्ने विषयमा गम्भीर छलफल हुनुपर्ने भन्दै केसीले भने, ‘यही रुपले जनता भाग्ने हो भने मुलुक १०–२० वर्षपछि मुलुक रित्तै हुन्छ ।’
नेपालका राम्रा डाक्टर, नर्स, शिक्षक सबै विदेश गएको भन्दै केसीले नेपालमा शिक्षादीक्षा लिएकाहरुबाट विदेशीले फाइदा लिइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असोज २०८०, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेशमा रहेका नेपालीलाई सीआईएले कब्जा गरेर घण्टीमा भोट हाल्न लगाएको केसीको आरोप
चित्रबहादुरको प्रश्न- पैसा कमाएका कारणले वंशजको नागरिकता पाइन्छ ?
जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कालीगण्डकी दोहन : चित्रबहादुर केसी