सुन तस्करी प्रकरण : जाँचबुझ आयोगद्वारा छानबिन सुरू

सफल खबर संवाददाता

विहीबार, १८ असोज २०८०, १४ : ०१
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगद्वारा छानबिन सुरू

काठमाडौं । सुन तस्करी प्रकरण छानबिनका लागि सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले काम थालेको छ । गृहमन्त्रालयको पुरानो भवन परिसरमा कार्यालय राखेर काम सुरू गरिएको हो । बुधबार बसेको आयोगको बैठकले केही निर्णयसहित औपचारिकरूपमा काम सुरू गरिएको अध्यक्ष डिल्लीराज आचार्यले जानकारी दिए ।

आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा इलेक्ट्रोनिक सिगरेट (भेप्स) र साउन २ गते ब्रेक सुबाट गरिएको सुत तस्करीलगायतका अन्य तस्करीजन्य विषयमा तथ्यगत जानकारी र सुझावका लागि सञ्चारमाध्यमबाट सूचना प्रकाशन गर्ने जानकारी गराइयो ।

त्यस्तै सुन तस्करीको पूर्ण नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन र संरचनात्मक सुधार, यसअघिका तस्करीको छानबिन तथा अध्ययन र निष्कर्ष तथा प्रभाव, तस्करीमा संलग्न व्यक्तिहरूको संलग्नता र थप अनुसन्धानलगायतमा विषयमा पनि अध्ययन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतिक्रिया दिनुहोस