चाडपर्व नजिकिएसँगै सुनमा कालोबजारी शुरु

पत्रपत्रिकाबाट

बुधबार, ०६ भदौ २०७५, ०७ : ५३
चाडपर्व नजिकिएसँगै सुनमा कालोबजारी शुरु

चाडपर्व नजिकिएसँगै सुनमा कालोबजारी शुरु काठमाडौं । बजारमा सुन तोकिएको मूल्यभन्दा प्रतितोला तीन हजारदेखि तीन हजार दुई सय रुपैयाँसम्म बढीमा किनबेच भइरहेको पाइएको छ ।

आज प्रकाशित नागरिक दैनिकका अनुसार बजारमा सुनको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिएको हो । व्यापारीले सस्तिएका बेला सुन किनेर चाडपर्व सुरु भएपछि महँगोमा बेच्ने उदेश्यले लुकाएका कारण कृत्रिम अभाव भएको जानकार बताउँछन् ।

सुन अभाव देखाएर व्यापारीले महँगोमा बेचिरहेका छन् । समाचारमा भनिएको छ, बैंकहरुले अहिले पनि नियमित रुपमा उही अनुपातमा सुन आयात गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस