राष्ट्रियसभा उपाध्यक्ष अर्याल र चिनियाँ विदेशमन्त्री वाङ यीबिच भेट

सफल खबर संवाददाता

विहीबार, १८ असोज २०८०, १२ : ०९
राष्ट्रियसभा उपाध्यक्ष अर्याल र चिनियाँ विदेशमन्त्री वाङ यीबिच भेट

 तिब्बत । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल र चिनियाँ विदेशमन्त्री वाङ यीको भेट भएको छ । चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ, तिब्बतका लागि नेपाली महावाणिज्यदूत नवराज ढकालसहित डेलिगेसन तहको भेट भएको हो ।

अर्यालले नी हाउ भन्दा वाङ यीले नमस्ते भनेर कुरा सुरु गरेका थिए। तिब्बती सहर निङ्चीमा आयोजना भएको तेस्रो चीन तिब्बत हिमालय पार अन्तर्राष्ट्रिय सहकार्य मञ्चको कार्यक्रममा आएका वाङ यी र अर्यालको साइडलाइन भेट भएको हो ।

मञ्चको उद्घाटनपछि १२ बजे भएको भेटमा दुई देशको सम्बन्ध बारेमा छलफल भएको हो । डेलिगेसन तहको भेटमा भएको छलफलमा अर्यालले अङ्ग्रेजी र चिनियाँ विदेशमन्त्री वाङ यीले चिनियाँ भाषामा सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस