राष्ट्रियसभाकाे बैठक बस्दै, यस्ताे छ कार्यसूची

सफल खबर संवाददाता

विहीबार, १८ असोज २०८०, ११ : ४१
राष्ट्रियसभाकाे बैठक बस्दै, यस्ताे छ कार्यसूची

काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज (बिहीबार) का लागि बोलाइएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । आजको बैठकमा राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ ।

यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे पनि जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८०’ सभामा पेस गर्ने कार्यसूची रहेको छ । 

प्रतिक्रिया दिनुहोस