घोराही । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ ।
मृत्यु हुनेमा रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए । डाँगीलाई केही समयअघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा भने आइतबार साँझ उपचारका लागि ल्याइएको थियो । उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको सूचना अधिकारी भट्टराईले भनाइ छ । डाँगीले श्री कृष्ण माध्यमिक विद्यालय घर्तीगाउँमा अध्यापन गराउँदै आएका थिए।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १५ असोज २०८०, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाङको धारापानीमा पर्यटक चहलपहल
बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि दोषीलाई कारबाहीको माग गर्दै दाङमा राजमार्ग अवरुद्ध
दाङमा राजमार्ग अवरुद्ध, बसको ठक्करबाट २ जनाको मृत्यु
दाङको घोराहीदेखि रुकुमको हुकाम जोड्ने शहीद मार्गको काम छिटो सक्न प्रचण्डको ध्यानाकर्षण
दाङमा धान उत्पादन बढ्यो
दाङमा गोली प्रहार गरी सशस्त्र प्रहरीका जवानको हत्या