तेह्र वर्षीया बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासीले आज भीमदत्तनगर बजार बन्द गराएका छन् ।
बजार बन्द गराएर विरोध प्रदर्शनमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ । वास्तविक हत्यारालाई पत्ता लगाई कारवाहीको माग गर्दै गरिएको प्रदर्शनमा प्रहरीले ८ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । आक्रोशित भीडले प्रहरीको भ्यानलाई समेत घेरेका थिए ।
प्रहरीले सोमबार निर्मलाको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा भीमदत्तरपालिका १९ बाँगफाँटाका ४१ वर्षीय दिलिप सिंह विष्टलाई सार्वजनिक गरेको थियो ।
तर, मानसिक अवस्था ठिक नभएका विष्टलाई प्रहरी ‘नक्कली’ अभियुक्त बनाएर सार्वजनिक गरेको भन्दै स्थानियले विरोध गरेको हुन् ।
विष्टले निर्मलाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका प्रहरीको दाबी छ । प्रहरीको दाबीमाथि अविश्वास गर्दै सर्वसाधारणले मुख्य अभियुक्तलाई बचाउन मानसिक सन्तुलन ठिक नभएका व्यक्तिलाई अभियुक्त देखाइएको आरोप लगाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस