एजेन्सी । स्पेनको दक्षिणपूर्वी शहर मर्सिया सहरमा रहेका तीन नाइट क्लबमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
ला फोंडा भनेर चिनिने फोंडा मिलाग्रोस नाइटक्लबमा आइतबार बिहान आगलागी भएको थियो । त्यसपछि यो छिमेकी क्लबहरूमा फैलियो । खचाखच भरिएका डान्स फ्लोरहरूबाट भाग्न हतारिएका कारण छिमेकी क्लबहरूमा पनि अागलागी हुन गएकाे गएको बताइएकाे छ ।
स्थानीय सञ्चारमाध्यमले मृतकमध्ये जन्मदिन मनाउने परिवारका सदस्यसमेत रहेको जनाएका छन् । जन्मदिनको भोजमा सहभागीहरू मध्ये एक, जो आफ्नो काका र काकीसँग क्लबमा थिए, उनले भने कि उनी समयमा नै घर फर्केका थिए, केवल उनका एक जना भाई भने क्लबमा नै बसे । ला वर्डाड डे मर्सिया अखबारका अनुसार मृतकहरू मध्ये उनका काका थिए वा छैनन् भन्ने स्पष्ट छैन।
प्रहरीले याे पुष्टि गरेको छ कि मृत्यु भएका सबै ला फोंडामा थिए, तर थप १४ जना अझै बेपत्ता छन्। जसकाकारण उनीहरुले मृत्यु हुनेको संख्या बढ्न सक्ने चेतावनी दिएका छन् ।
क्लब मर्सियाको एटालायस क्षेत्रमा अवस्थित छ, र आगो लगभग ६ बजेवाट सुरु भएको मानिन्छ। तर, करिब १५ घण्टा बितिसक्दा पनि यो के कारणले भएको हो ? भन्ने खुल्न सकेको छैन । तर मर्सियाका मेयर जोसे बालेस्टाले पत्रकारहरूलाई भने कि क्लबको पहिलो तल्लामा आगलागी सुरू भएको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १५ असोज २०८०, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि