काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्तरी छिमेकी चीन र संयुक्त राष्ट्रसंघको भ्रमण सफल र फलदायी भएको बताएका छन्। भ्रमणबारे सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले समग्रमा दुवै भ्रमण सफल भएको बताएका हुन् ।
‘चीनको भ्रमणले झण्डै चार वर्ष लामो नेतृत्व तहबाट एक अर्को मुलुकमा भ्रमण नभएको स्थितिको अन्त्य गरेको छ । उच्चस्तरमा भएको द्विपक्षीय वार्ताबाट छिमेकीहरूका संवेदनशील विषयहरूमा नेपालले पालना गर्दै आएको नीतिको पुनर्पुष्टि भएको छ, राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ ।’ उनले भने ।
उनले संयुक्त राष्ट्रसंघको महासभामा आफुले देखिने गरी र सुनिने गरी नेपालकोतर्फबाट आवाज उठाएको बताए। दाहालले नेपालको शान्ति प्रक्रियामा पनि अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोजेको पनि बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ असोज २०८०, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तत्काल मन्त्रिपरिषद् हेरफेर हुँदैन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री ‘प्रचण्ड’ स्वदेश फिर्ता
जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री प्रचण्ड
जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास बारे विश्वलाई जानकारी गराइने
प्रधानमन्त्री प्रचण्डद्वारा अवुधावीस्थित् नेपाली दूतावासको निरीक्षण भ्रमण
प्रधानमन्त्री प्रचण्ड आज बेलुका दुबई प्रस्थान गर्दै