काठमाडौँ । काठमाडौँका फुटपाथमा व्यवसाय गर्नेहरूले धन्यवाद र्याली निकालेका छन् । फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १ सय ९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईः र काठमाडौँ महानगरपालिका बीच भएको सहमतिको स्वागत गर्दै उनीहरूले र्याली निकालेका हुन् ।
फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरूलाई विकल्प दिन महानगरले एक हप्ताभित्र पहल गर्ने सहमति भएको थियो । जसको स्वागत गर्दै व्यवसायीहरूले सडक व्यवसाय व्यवस्थापनमा सहकार्य गर्न तयार रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ असोज २०८०, १४ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरपालिकाले युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने