प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

सफल खबर संवाददाता

आइतबार, १४ असोज २०८०, १२ : ३७
प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । सिंहदरवारमा साढे १२ बजे बस्नेगरी आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

उनका अनुसार बैठकमा पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिबारे छलफल गर्नुका साथै सुन तस्करी छानविनका लागि बन्ने आयोगबारे निर्णय हुनेछ ।प्रधानमन्त्रीले पेट्रोलियम पदार्थको मुल्यबृद्धिप्रति असन्तुष्टि जनाउदै आजै बिहान निगमका पदाधिकारीसँग सोधपुछ गरेका थिए ।