प्रधानमन्त्री प्रचण्डले बोलाए सात दलको बैठक

सफल खबर संवाददाता

आइतबार, १४ असोज २०८०, १० : ३९
प्रधानमन्त्री  प्रचण्डले बोलाए सात दलको बैठक

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने सात दलको बैठक बोलाएका छन् ।संसद् बैठकक सञ्चालन गर्ने विषयमा छलफल गर्न आइतबार बिहान ११ बजे प्रधानमन्त्रीले बैठक बोलाएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले दिए ।

‘संसद्‍ सञ्चालन गर्ने विषयमा छलफलका लागि संसद्‍मा प्रतिनिधित्व गर्ने सातवटा दलका नेतालाई प्रधानमन्त्रीले छलफलमा बोलाउनुभएको छ,’ शर्माले  भने ।बैठकमा कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, लोसपा, जनमतसहितका दललाई बोलाइएको छ ।

यसअघि बजै बिहान प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।सुनकाण्डसहितका विषयमा छानबिन गर्न उच्चस्तरीय आयोग ५ असोजसम्म बनाउने भनिए अझै गठन नभएपछि एमालेले असन्तुष्टि व्यक्त गरिरहेको छ ।

आज प्रतिनिधि सभाको बैठक बस्दैछ । सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठन नभएको भन्दै एमालेले संसद सञ्चालनमा असहयोग गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस