दुई महिनामा ९ अर्ब रुपैयाँको खाद्यान्न आयात

पत्रपत्रिकाबाट

आइतबार, १४ असोज २०८०, ०७ : २६
दुई महिनामा ९ अर्ब रुपैयाँको खाद्यान्न आयात

काठमाडौ । चालुु आर्थिक वर्षको दुुई (साउन र भदौ) महिनामा  नौ  अर्ब  रुपियाँ  बराबरको  खाद्यान्न  आयात भएको छ ।

भन्सार  विभागको  तथ्याङ्क  अनुसार  चालुु आवको दुुई महिनामा खाद्यान्न आयात २२.८१ प्रतिशतले बढेर नौ अर्ब ३१ करोड ३८ लाख  आठ  हजार  रुपियाँ  बराबरको  आयात  भएको हो । 

गत वर्ष सो अवधिमा सात अर्ब ५८ करोड १२ लाख ५७ हजार रुपियाँ बराबरको खाद्यान्न आयात भएको थियो । दुुई महिनामा सबैभन्दा धेरै दुुई अर्ब ७६ करोड २१ लाख छ हजार रुपियाँ बराबरको  दुुई  लाख  ५३  लाख  हजार  ३२२  क्विन्टल चामल आयात भएको खबर गोरखापत्रमा छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस