ट्रकको ठक्करबाट मृत्यु, एकको सनाखत

मंगलबार, ०५ भदौ २०७५, १० : ४३
ट्रकको ठक्करबाट मृत्यु, एकको सनाखत


भरतपुर । भरतपुर महानगरपालिका–११ बाइपासरोडमा गए राति भएको ट्रकको ठक्करबाट मृत्यु भएका दुईमध्ये एकको सनाखत भएको छ । सनाखत हुनेमा भरतपुर २ बस्ने वर्ष ४९ का सनम पाख्रिन रहेका छन् । 

ना ६ ख १८४८ नं को ट्रकले ठक्कर दिँदा दुई पुरुषको मृत्यु भएको हो । एकको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ । वीरगञ्जबाट इँटा बोकेर काठमाडौँतर्फ आउँदै गरेको ट्रकले दुई पैदल यात्रीलाई एकसाथ ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

प्रतिक्रिया दिनुहोस