एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस नेपाल आउँदै

सफल खबर संवाददाता

शुक्रबार, १२ असोज २०८०, १२ : ३१
एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस नेपाल आउँदै

काठमाडौं। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट (एमसीसी)की प्रमुख कार्यकारी अधिृकत एलिस अल्ब्राइट नेपाल आउने भएकी छन् । 

आउँदो आइतबार उनी पाँचदिने नेपाल भ्रमणमा आउन लागेकी हुन् ।  नेपालमा एमसीसी परियोजना कम्प्याक्ट कार्यान्वयन सुरु भएको एक महिना पुगेलगत्तै उनी काठमाडौं आउने लागेकी हुन् । 

एमसीसीको लगानीमा निर्माण हुन लागेको प्रसारण लाइनका लागि अनुमानित लागतभन्दा बढी मूल्य कबोलेर पाँचवटा कम्पनीले ठेक्का प्रस्ताव पेस गरेका छन् । उनीहरूले एमसीसीको लागत अनुमानभन्दा ६० प्रतिशत भन्दा धेरै लागत प्रस्ताव गरेपछि उनी नेपाल आउन लागेकी हुन् । 

प्रतिक्रिया दिनुहोस