एउटा गाउँ, जहाँ पहिरो खस्दा स्थानीय खुशी हुन्छन् !

पत्रपत्रिकाबाट

मंगलबार, ०५ भदौ २०७५, ०८ : ०६
एउटा गाउँ, जहाँ पहिरो खस्दा स्थानीय खुशी हुन्छन् !

हर रात सपनीमा ऐठन हुन्छ, सायद गाउँमा पहिरो गयो कि.... गायक दीप श्रेष्ठको यो गीतले धेरैको मन छुन्छ ।

गाउँबाहिर बसेकालाई आफ्नो गाउँघरमा आइपरेको बाढीपहिरोको विपत्तिले टाढैबाट पनि तर्साइरहन्छ । तर डोटीको आदर्श गाउँपालिका, गिरीचौकावासीका लागि यो अपवाद हो ।

यहाँका बासिन्दा गाउँमा पहिरो जाँदा दु:खी हुँदैनन् । बरु अचम्मैसँग खुसी हुन्छन् ।

गाउँ नजिकैको सिल्लभीरमा पहिरो जाँदा कुनै जनधन क्षति हुँदैन, बरु गाउँलेको आयस्तर बढ्छ ।

यो भीरमा पहिरो जाँदा घरमा छाना छाउन प्रयोग हुने पत्थर खस्ने भएकाले गाउँले खुसी हुने गरेका हुन् ।

खसेका पत्थरले छानो छाए पनि भयो अथवा बजार लगेर महँगो मूल्यमा बेचे पनि भयो । जे भए पनि पहिरो आयो कि गाउँमा रौनक छाइहाल्छ । पहिरो खस्नेबित्तिकै तँछाडमछाड सुरु भइहाल्छ— पत्थर बटुल्न ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस