काठमाडौ । इजरायलमा सहायक श्रमिक केयरगिभरमा काम गर्न गएकामध्ये तीन सय नेपाली श्रमिकको भिसा नवीकरणमा ढिलाइ भएको जनाइएको छ ।
इजरायलस्थित नेपाली दूतावासका अनुसार इजरायल र नेपालबिच सम्झौता (जिटुजी) मार्फत इजरायल गएका एक हजार एक सयमध्ये तीन सय नेपालीको भिसा नवीकरणमा ढिलाइ भएको हो ।
दूतावासका अनुसार भिसा नवीकरण समयमा नभएपछि दूतावासले इजरायली पक्षसँग छलफल अघि बढाएको छ । नेपाली दूतावासका अनुसार दूतावासले इजरायलमा सरकारी तवरबाट आएका नेपाली श्रमिकको भिसा नवीकरणका लागि इजरायलको पपुलेसन तथा इमिग्रेसन अथोरिटी (पिवा) सँग कूटनीतिक पहल गरिरहेको छ ।
विशेष गरी पछिल्लो समय सरकारी सम्झौता (जिटुुजी) इजरायल गएका नेपाली सहायक श्रमिकको भिसा नवीकरणमा देखिएको समस्या समाधानका सम्बन्धमा विस्तृत छलफल भएको दूतावासले जनाएको छ, गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १२ असोज २०८०, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलद्वारा गाजामा भीषण बमबारी, पूरै सहर कब्जा गर्ने तयारी
इजरायलले भन्यो-‘विपिन जोशीको अवस्था अज्ञात’
गाजाका केही क्षेत्रमा सैन्य गतिविधिमा अस्थायी रोक लगाउने इजरायलको घोषणा
गाजामा इजरायलले खसाल्न थाल्यो मानवीय सहायता
गाजामा हजारौँ भवन ध्वस्त पार्दै इजरायल
इजरायलको आक्रमणमा इरानका राष्ट्रपति घाइते : रिपोर्ट