दुई महिनामा ६ करोड ४४ लाखको तास आयात

सफल खबर संवाददाता

विहीबार, ११ असोज २०८०, १५ : २८
दुई महिनामा ६ करोड ४४ लाखको तास आयात

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को २ महिनाको अवधिमा ६ करोड ४४ लाख रुपैयाँ बराबरको तास भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउन र भदौ महिनामा साढे ६ करोड रुपैयाँ बराबरको तास आयात भएको हो ।

यस अवधिमा चीन र भारतबाट धेरै आयात भएको देखिएको छ । चीनबाट ६ करोड १ लाख रुपैयाँ बराबरको तास आयात हुँदा भारतबाट ४३ लाख ६२ हजार रुपैयाँ बराबरको तास आयात भएको छ ।

 

गत आर्थिक वर्षको दुई महिनाको अवधिमा १ करोड ३ लाख ३२ हजार रुपैयाँको तास आयात भएको थियो । सरकारले गत आर्थिक वर्षमा विदेशी मुद्राको सञ्चिती जोगाउने लक्ष्यसहित तास लगायतका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

 

नेपाल राष्ट्र बैंकले एलसी नखोल्न सर्कुलर जारी गरेको थियो भने सरकारले आयात गर्न प्रतिबन्धित वस्तुको सूचीमा तासलाई राखेको थियो । सोहीकारण गत वर्ष जम्मा १ करोडको आयात आयात भएको हो । जबकि, चालू वर्षमा ५ करोडभन्दा धेरैले आयात बढेको तथ्यांकले देखाएको छ ।