काठमाडौं । ट्राफिक प्रहरीले आसन्न चाडपर्वमा हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न २३५ चालक तथा सहचालकलाई प्रशिक्षण दिएको छ ।
ट्राफिक प्रहरी वृत्त नयाँबसपार्क, सामुदायिक प्रहरी केन्द्र गोँगबुको आयोजना तथा लोत्से बहुउद्देश्यीय प्रालिको सहयोगमा ट्राफिक व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइएको हो ।
नयाँबसापार्क भित्र बुधबार भएको प्रशिक्षणमा चाडपर्वमा यात्रुलाई सुरक्षित गन्तव्यस्थलसम्म कसरी सहजै लैजान सकिन्छ भन्नेबारेमा प्रशिक्षण प्रदान गरिएको ट्राफिक वृत्त नयाँबसपार्कका प्रमुख, प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिए ।
चाडपर्वमा बढी भाडा लिँदा गरिने कारबाही, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउँदा हुने दुर्घटनालगायतको बारेमा समेत अवगत गराइएको थियो ।
मुलुकको राष्ट्रिय बसपार्कका रुपमा रहेको नयाँबसपार्कबाट दैनिक ६ सय सवारी साधन देशका ६५ भन्दा बढी जिल्लामा ओहोरदोहोर गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ असोज २०८०, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्राफिक कारबाहीबाट आठ लाख ५८ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
२५ सय सवारी चालकलाई ट्राफिक कारबाही
दुई हजार ६९२ जना ट्राफिक कारबाहीमा
सुरक्षित सडकको सन्देश: नेपाल प्रहरी स्कुल शान्तिपुरका विद्यार्थी ट्राफिक स्वयंसेवक कार्यक्रममा सक्रिय
ट्राफिक नियम उल्लङ्घनमा गर्दा ५० हजारसम्म जरिबाना हुने नियम आउँदै