एजेन्सी । दक्षिण कोरियाबाट गत जुलाईमा अवैधानिक रुपमा उत्तर कोरिया प्रवेश गरेका अमेरिकी सैनिकलाई उत्तर कोरियाले देश निकाला गर्ने भएको छ ।
गत जुलाइमा दक्षिण र उत्तर कोरिया छुट्याउने विभाजन लाइन क्षेत्रको घुमघामका क्रममा त्यहाँबाट भागेर उत्तर कोरिया प्रवेश गरेका अमेरिकी सैनिक ट्राभिस किङलाई निस्कासनको निर्णय गरिएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ
तर उनलाई कहिले र कहाँबाट निश्कासन गरिने छ भन्ने खुलाइएको छैन । उत्तर कोरियाली सैनिक हिरासतमा रहेका उनले आफू जातीय भेदभाव र विभेदको शिकार भएका कारण भागेर उत्तर कोरिया छिरेको दाबी गरेका थिए ।
अमेरिकाले भने शुरुदेखि नै किङलाई सकुशल घर फर्कने वातावरण मिलाउन आग्रह गर्दै आएको थियो । उनी उत्तर कोरिया छिर्नु अघि मात्रै दुई महिना सैन्य हिरासतमा बसेको पनि खुलेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १० असोज २०८०, २० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरिया अब विश्वलाई प्रहार गर्नसक्ने सैन्य क्षमताले सुसज्जित छ : किम
उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा जी–७ ले गर्यो निन्दा
नेपालस्थित दूतावास बन्द गर्ने उत्तर कोरियाको निर्णय
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार
क्षेप्यास्त्र उत्पादन बढाउन उत्तर कोरियाली नेता किम जोङको निर्देशन
उत्तर कोरिया सिमा नजिक अमेरिकन पनडुब्बी तैनाथ