काठमाडौं । अजरबैजानको नागोर्नो–काराबाखमा रहेको इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन् । करिब तीन सय मानिस अस्पताल भर्ना भएका र त्यसमध्ये केहीको अवस्था भने गम्भीर रहेका अजरबैजानका अधिकारीहरुले जानकारी दिएका छन् ।
विस्फोटको कारण भने खुलिसकेको छैन । आर्मेनियाली सरकारले १३ हजार ३५० शरणार्थीहरू एन्क्लेभबाट देश पार गरेको बताएपछि घटना भएको हो । विवादित नागोर्नो–काराबाख क्षेत्रमा करिब १ लाख २० हजार जातीय आर्मेनियालीहरूको बहुमत रहेको छ।
मंगलबार एक विज्ञप्तिमा स्थानीय अधिकारीहरूले घटनास्थलमा १३ अपरिचित शव भेटिएको र थप सात जनाको अस्पतालमा मृत्यु भएको बताए ।
गत हप्ता अजरबैजानले नागोर्नो–काराबाख कब्जा गरेपछि, येरेभानमा आर्मेनियाली सरकारले लडाइँबाट घरबारविहीन भएकाहरूलाई स्थानान्तरण गर्ने योजना घोषणा गरेपछि हजारौं मानिसहरूले क्षेत्र छोडेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ असोज २०८०, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
पोखरीमा डुबेर युवकको मृत्यु
माटोको ढिस्कोले पुरिएर किशोरीको मृत्यु
टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु