काठमाडौँ । नेकपा एकीकृत समाजवादीले समाजवादी जागरण अभियान–२०८० सञ्चालनको विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बैठक बस्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
गत महिना बसेको नेकपा एसको केन्द्रीय समिति बैठकले ‘मुलुकका रूपान्तरणकारी एजेण्डा/मुद्दाहरू राष्ट्रलाई सुनाउने’ उद्देश्यले जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । जागरण अभियान असोज १४ देखि २९ गतेसम्म सञ्चालन हुनेछ ।
अध्यक्ष माधव नेपालको नेतृत्वमा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश सचिवालय सदस्य र जिल्ला पदाधिकारी रहेको २००१ सदस्यीय मूल समारोह आयोजक कमिटी गठन गरेको छ । प्रदेश इन्चार्जको नेतृत्वमा प्रदेश कमिटी र जिल्ला कमिटी सदस्य रहेको आयोजक कमिटी गठन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ असोज २०८०, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय