एमाले बाग्मती प्रदेश अधिवेशनको बन्दसत्र सुरु

सफल खबर संवाददाता

मंगलबार, ०९ असोज २०८०, ११ : ०५
एमाले बाग्मती प्रदेश अधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । काठमाडौंमा जारी एमाले बाग्मती प्रदेशको पहिलो अधिवेशनको बन्दसत्र सुरु भएको छ । सोमबारबाट सुरु भएको अघिवेशनको बन्दसत्र काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको हो ।

सोमबार भृकुटीमण्डपमा ड्रोन उडाएर अधिवेशनको उद्घाटन गरिएको थियो । एमाले बागमती प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्ण दाहाल, कृष्णभक्त पोखरेल, केशवराज पाण्डे, सानु श्रेष्ठलगायत नेता आकांक्षी छन् ।
 

प्रतिक्रिया दिनुहोस