कोटोनु । नाइजेरिया सीमा नजिक बेनिनमा इन्धन डिपोमा आगलागी भएपछि विस्फोट भएको छ । यस दुर्घटनामा परी ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका पनि छन् ।
एक प्रतिबन्धित इन्धन डिपोमा आगो लागेपछि भएको विस्फोटले आकाशमा धुवाँको कालो बादल मडारिएको सरकारी अधिकारी र बासिन्दाले बताएका छन्।बेनिनका आन्तरिक मामिला मन्त्री अलासने सेइडोले सहरको एउटा इन्धन डिपोमा ठूलो आगलागी भएको जानकारी दिए ।
यद्यपी यो आगलागी कसरी भयो ? भन्ने बारे अझै जानकारी आएको छैन । यस दुर्घटनालाई दुर्भाग्यपूर्ण बताउँदै उनले आगलागीबाट दुई बालबालिकासहित ३४ जनाको ज्यान गएको पनि जानकारी दिएका छन् । उनका अनुसार यस दुर्घटनामा २० जना घाइते भएको र उनीहरुलाई अस्पतालमा भर्ना गरिएको र धेरैको अवस्था चिन्ताजनक रहेको छ ।
स्थानीय बासिन्दाहरूले बेनिन शहरको सेमे पोड्जीमा अबैध इन्धन डिपो सञ्चालन गरिरहेको जानकारी दिए। डिपोमा इन्धन भर्न मोटरसाइकल र तीन पाङ्ग्रे ट्याक्सी आएका थिए ।
स्मरण रहोस्, नाइजेरिया एक प्रमुख तेल उत्पादक अफ्रिकन देश हो र त्यहाँ भित्र र यसको सीमानामा इन्धनको तस्करी भइरहेको छ, जसका कारण अवैध रिफाइनरी, इन्धन डम्प र पाइपलाइनका कारण आगलागीका घटनाहरू भइरहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ असोज २०८०, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभर २२ स्थानमा आगलागीका घटना
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति
उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली
सुक्खा मौसम लागेसँगै बढे आगलागीका घटना
हङकङमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्यो, २७९ जना अझै बेपत्ता
विराटनगरमा ‘भीषण’ आगलागी, नियन्त्रणको प्रयास जारी