काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रही कोशी प्रदेशको केही, गण्डकी र लुम्बिनी प्रदेशको थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ। मधेश र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानहरुमा हावा हुरीको समेत सम्भावना रहेको छ।
राती भने कोशी, मधेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै कोशी र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत संभावना रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ असोज २०८०, ०६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनका विभिन्न स्थानमा भारी वर्षा
पाकिस्तानको बलुचिस्तानमा भारी वर्षाः १९ जनाको मृत्यु
आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाकाे सम्भावना
सिन्धुलीमा भारी वर्षा, सुनकोसीले सतर्कता तह पार गर्यो
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना