काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षणले सबै नेपालीलाई एकताबद्ध गर्ने बताएका छन ।
नेपाल तामाङ सङ्घ (समाजवादी) को केन्द्रीय कमिटीको दोस्रो अधिवेशनको आज उद्घाटन गर्दै उनले विविध जातजातिका फरक भाषा, साहित्य, कला, मौलिक संस्कृति र रहनसहन संवर्द्धनबाट नेपाली समाजलाई अन्तर्राष्ट्रिय तहमा सांस्कृतिकरूपमा सम्पन्न बनाएको बताए ।
मुलुकमा कुनै वर्गमाथि हुने विभेद र शोषण आफूहरूलाई स्वीकार्य नहुने उल्लेख गर्दै उनले त्यस्तो कार्यविरूद्ध सबै एकजुट भई एकापसमा सहअस्तित्व, समतामूलक समाज, सामाजिक रुपान्तरणका लागि क्रियाशील हुनुपर्ने विचार व्यक्त गरे ।
देशको हरेक परिवर्तन सफल पार्न सो समुदायको महत्त्वपूर्ण योगदान रहेको बताउँदै उनले उनीहरूको आर्थिक, सांस्कृतिक र सामाजिक रुपान्तरण अपेक्षाकृतरूपमा हुन नसकेकाले अधिकार संरक्षण गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष नेपालले सबै समुदायका धर्म, संस्कृति संरक्षण तथा अधिकार स्थापित गरी सदियौँदेखि कायम रहिआएको धार्मिक सहिष्णुतालाई जोगाउन प्रत्येक नेपालीको दायित्व रहेको उल्लेख गरे ।
मुलुकमा समाजवादका माध्यमबाट आर्थिक विकास र सुशासन कायम हुने विश्वास व्यक्त गर्दै अबको क्रान्ति समाजवादसहितको आर्थिक उत्पादनमा हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ असोज २०८०, २० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड