दाङ । दाङको तुलसीपुरमा शनिवार खुकुरी प्रहारबाट महिलाको हत्या भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुराकी ४३ वर्षीया रिता लामिछानेको हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादु मल्लले जानकारी दिए ।
उनका अनुसार अन्दाजी ४२ वर्षीय टेकबहादुर हमालले खुकुरी प्रहार गर्दा थप दुई जना घाइते भएका छन्। घाइते हुनेमा ६५ वर्षीया चन्द्रकुमारी हमाल र उनका छोरा ४५ वर्षीय वीरबहादुर हमाल गम्भीर घाइते भएका छन्।
उनीहरूको हाल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।खुकुरी प्रहार गर्ने हमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।खुकुरी लिएर हिँडेका टेकबहादुरले बाटोमा जसलाई भेट्यो उसैमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेका प्रत्यक्षदर्शीले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ असोज २०८०, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना पक्राउ
भारु १५ लाखसहित एक जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ