प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

सफल खबर संवाददाता

शनिबार, ०६ असोज २०८०, १५ : ५८
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौँ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच चीनको हाङ्चौँमा औपचारिक भेटवार्ता भएको छ।

चच्याङ प्रान्तको हाङचौँमा  १९औं एसियाली खेलकुदको उद्घाटन समारोहअघि ‌प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र चिनियाँ राष्ट्रपति सी नेतृत्वको टोलीबीच औपचारिक भेटवार्ता भएको हो।

प्रधानमन्त्री प्रचण्ड चीनको राजकीय भ्रमणका लागि शनिबार बिहान चीन आइपुगेका थिए । प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको  ७८औँ महासभालाई सम्बोधन गरेर आजै न्यूयोर्कबाट त्यहाँ आइपुगेका हुन् । प्रधानमन्त्री दाहाल सो सहरमा आयोजना गरिएको १९औं एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुनुहुने कार्यक्रम छ ।

यसअघि एसियाली खेलकुद प्रतियोगिता उद्घाटन समारोहमा सहभागी हुन चीनको चच्याङ प्रान्तको हाङचौँ सहरमा पुगेका विशिष्ट अतिथिहरूलाई दिवा भोज दिएर चीनमा स्वागत गरिएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आयोजना गरेको भोजमा नेपालबाट शनिवार बिहान चीन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालसमेत सहभागी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस