काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने बताएका छन् ।समाजवादी पेसागत कानून व्यवसायी सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै अध्यक्ष नेपालले विद्यमान निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउन नसक्ने बताए। स्थिरता कायमका लागि निर्वाचन प्रणाली परिमार्जन गर्नुपर्ने उनको भनाइ छ ।
समानुपातिक निर्वाचन प्रणालीका कारण एउटै दलले बहुमत ल्याउन कठिनाइ रहेकाले गठबन्धनको संस्कृति दीर्घकालीन रुपमा रहने बताउँदै उनले लोकतान्त्रिक शक्ति एकताबद्ध हुनुपर्ने बताए ।
मुलुकमा भएका विभिन्न आन्दोलनबाट राजनीतिक परिवर्तन सम्पन्न भए पनि जनताको आर्थिक रुपान्तरण तथा सामाजिक सुरक्षा हुन नसकेको बताउँदै अध्यक्ष नेपालले जनजीविकाको प्रत्याभूति गर्न सरकारलाई आग्रह गरे ।वर्गीय विभेदको अन्त्य गरी सामाजिक न्याय, समानता, देश विकासको भावना बोकेर कम्युनिस्ट पार्टीको स्थापना भएको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ असोज २०८०, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपाल सोमबारभित्र विशेष अदालतमा हाजिर हुने
कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी : अध्यक्ष नेपाल
संविधान संशोधन गर्छु भनेर सरकार बनाएका कांग्रेस र एमाले पन्छिन थाले : माधव नेपाल
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरण हुनुपर्छः अध्यक्ष नेपाल
गणतन्त्र ल्याउने सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेका हौँः माधव नेपाल
राजतन्त्र पुनर्स्थापना हुने सम्भावना छैन : नेपाल