काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा देश हाँक्ने संकल्पको अभाव भएको बताएका छन् । शुक्रबार पार्टी निकट पार्टी निकट उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपाललले देश बनाउने भन्दा पनि सत्तामा पुग्ने भावना तलदेखिमाथि सम्म नै व्यक्त भएकाले देशको अवस्था विग्रदै गएको बताएका हुन् ।
‘देश हाँक्ने र बनाउने संकल्पको अभाव छ । देश बनाउने भावना जति मात्रमा हुनुपर्ने थियो त्यसको अभाव छ’, उनले भने, ‘कसैगरी सत्तामा पुगौं र आफ्नो लाभमा प्रयोग गरौ भन्ने छ ।’ पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले यसको असर केन्द्रमा मात्रै होइन नभएर प्रदेश र स्थानीय तहमा समेत परेको बताए । ‘त्यसैले राजनीतिक नेता र पार्टीले हामीमा भएका कमीकमजोरीलाई मनन गर्नुपर्छ’, उनले आफैसँग प्रश्न गर्नुपर्ने भन्दै भने, ‘ती कमीकमजोरीप्रति हामी गम्भीर छौ कि छैनौ ?’
राजनीतिक पार्टीहरुले निरंकुश शासन फाल्न र नगारिक अधिकारका लागि महत्वपूर्ण भूमिका खेलेपनि जनताको जनजीवन र देश विकासमा कति आवद्ध भएका छन् भनेर प्रश्न उठ्ने गरेको बताए । अध्यक्ष नेपालले गठबन्धन सरकारमा विभिन्न अनुभव गरेका नेताहरु रहेको भन्दै देशको समस्याको समाधान
कम्युनिस्ट पार्टीले नै दिन सक्ने बताए । लोकतान्त्रिक मूल्य मान्यताप्रतिको प्रतिबद्धता, देशभक्तिको भावना र जनताको सेवाभाव कम्युनिस्ट पार्टीमा मात्रै रहेको बताए । तर उनले देश बनाउने सोच र संकल्प अभाव रहेकाले त्यो संकल्प गर्न सक्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ असोज २०८०, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरण हुनुपर्छः अध्यक्ष नेपाल
गणतन्त्र ल्याउने सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेका हौँः माधव नेपाल
राजतन्त्र पुनर्स्थापना हुने सम्भावना छैन : नेपाल
जुनैबेला संसद विघटन गर्नसक्छु भन्ने सोचेर प्रधानमन्त्री ओली बसेका छन्ः माधव नेपाल
वंशको आधारमा लुट्नेहरूको हातमा देश बर्बाद हुन्छ : नेपाल
स्वाधीन अर्थतन्त्र निर्माण गर्न सके शहीदप्रति सच्चा श्रद्धाञ्जली हुनेछ : अध्यक्ष नेपाल