तिन महिनाभित्रै सेती प्रादेशिक अस्पताललाई परिवर्तन गर्छु : मुख्यमन्त्री शाह

सफल खबर संवाददाता

विहीबार, ०४ असोज २०८०, १४ : ४३
तिन महिनाभित्रै सेती प्रादेशिक अस्पताललाई परिवर्तन गर्छु : मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले ३ महिनाभित्रै धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई परिवर्तन गर्ने बताएका छन् ।बिहीबार अस्पतालको स्थलगत अनुगमनको क्रममा मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् ।

 

कर्मचारी अभावको समस्या कम  विज्ञापन आह्वान गर्ने शाहको भनाइ थियो ।अनुगमनमा भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा, सामाजिक विकास मन्त्री झपट साउँदको सहभागिता रहेको थियो ।

अस्पतालको इमरजेन्सी वार्डदेखि सबै वार्डहरू मुख्यमन्त्री शाहसहित मन्त्रीहरूले अनुगमन गरेका थिए । उनीहरुले अस्पतालमा आएका सेवाग्राहीका समस्या सुन्नुका साथै चिकित्सकका समस्या र व्यवस्थापकीय कठिनाइका विषयमा बुझेका थिए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निर्मल शाहले अस्पतालमा विविध समस्या कायम रहेको बताए । उनले चिकित्सकदेखि अन्य स्वास्थ्यकर्मी अभावसँगै संरचनाको अभाव समेत रहेको बताए ।

प्रतिक्रिया दिनुहोस