एजेन्सी । भारत सरकारले क्यानडामा बस्ने भारतीय नागरिक र विद्यार्थीहरूका लागि 'एडभाइजरी' जारी गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले सोसल मिडिया प्लेटफर्म एक्समा सेयर गरेका छन् ।
भारत सरकारले आफ्नो एडभाइजरीमा भनेको छ, "क्यानडामा भारत विरोधी गतिविधि, राजनीतिक रूपमा प्रेरित घृणित अपराध र आपराधिक हिंसाको बृद्धिलाई ध्यानमा राख्दै, त्यहाँ बसोबास गर्ने सबै भारतीयहरूलाई सतर्क रहन अपील गरिएको छ।" "
भारतीय नागरिकहरूलाई सल्लाह दिइएको छ, "क्यानडामा भर्खरै भारतीय कूटनीतिज्ञहरू र भारत विरोधी एजेन्डा विरुद्ध आवाज उठाउने भारतीय समुदायका सदस्यहरूलाई लक्षित गरी धम्की आएको छ। त्यसैले भारतीय नागरिकहरूलाई क्यानाडामा त्यस्ता क्षेत्रहरूबाट टाढा रहन सल्लाह दिइन्छ।"
"हाम्रो उच्चायोग / महावाणिज्य दूतावास क्यानाडामा भारतीय समुदायको सुरक्षा सुनिश्चित गर्न क्यानाडाली अधिकारीहरूसँग सम्पर्कमा छ," विज्ञप्तिमा भनिएको छ।
भारत सरकारले क्यानडामा बिग्रँदै गएको सुरक्षा वातावरणमा विशेष गरी भारतीय विद्यार्थीहरूलाई अत्यन्त सावधानी अपनाउन सल्लाह दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असोज २०८०, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा