एजेन्सी । भारत सरकारले क्यानडामा बस्ने भारतीय नागरिक र विद्यार्थीहरूका लागि 'एडभाइजरी' जारी गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले सोसल मिडिया प्लेटफर्म एक्समा सेयर गरेका छन् ।
भारत सरकारले आफ्नो एडभाइजरीमा भनेको छ, "क्यानडामा भारत विरोधी गतिविधि, राजनीतिक रूपमा प्रेरित घृणित अपराध र आपराधिक हिंसाको बृद्धिलाई ध्यानमा राख्दै, त्यहाँ बसोबास गर्ने सबै भारतीयहरूलाई सतर्क रहन अपील गरिएको छ।" "
भारतीय नागरिकहरूलाई सल्लाह दिइएको छ, "क्यानडामा भर्खरै भारतीय कूटनीतिज्ञहरू र भारत विरोधी एजेन्डा विरुद्ध आवाज उठाउने भारतीय समुदायका सदस्यहरूलाई लक्षित गरी धम्की आएको छ। त्यसैले भारतीय नागरिकहरूलाई क्यानाडामा त्यस्ता क्षेत्रहरूबाट टाढा रहन सल्लाह दिइन्छ।"
"हाम्रो उच्चायोग / महावाणिज्य दूतावास क्यानाडामा भारतीय समुदायको सुरक्षा सुनिश्चित गर्न क्यानाडाली अधिकारीहरूसँग सम्पर्कमा छ," विज्ञप्तिमा भनिएको छ।
भारत सरकारले क्यानडामा बिग्रँदै गएको सुरक्षा वातावरणमा विशेष गरी भारतीय विद्यार्थीहरूलाई अत्यन्त सावधानी अपनाउन सल्लाह दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असोज २०८०, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी
भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’
पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’
तीन शतकसँगै भारतले जोगायो टेस्ट