काठमाडौँ । वामपन्थी दलहरूसँग एकताको पहल गर्दै आएको नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई एकताका लागि भन्दै पत्र पठाएको छ।
माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले संयुक्त रूपमा पठाएको पत्रमा सम्बोधन भने अर्का अध्यक्ष महिन्द्र राय यादवलाई गरिएको छ।
दुई जना अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीमा पहिलो वरीयताका अध्यक्ष बाबुराम भट्टराई र दोस्रो वरियतामा महिन्द्र राय यादव छन्। यादव सरकारका खानेपानी तथा सरसफाइ मन्त्रीसमेत हुन्।
‘प्रचण्ड’लाई आफ्नो निर्वाचन क्षेत्र छोडेर संसदीय राजनीतिबाट बाहिरिएका बाबुराम भट्टराईले बृहत् समाजवादी मोर्चा निर्माण गर्नुपर्ने बताउँदै आएका थिए। तर माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाको सहकार्यमा समाजवादी मोर्चा बन्दा भट्टराई भने त्यहाँ समेटिन सकेनन्।
मोर्चा निर्माण यता नै प्रचण्ड र भट्टराईका बीचमा तिक्तता सुरु भएको थियो। सोही तिक्तताको असर पार्टी एकताका लागि गरिएको पत्राचारमा समेत देखिएको हो। माओवादीका महासचिव देव गुरुङले पार्टी एकताका लागि यादवले नै छलफल गरिरहेकाले उनलाई पत्राचार गरिएको बताए।
पत्रमा पार्टी एकताका लागि विभिन्न चरणमा भइरहेको छलफलको सन्दर्भ उल्लेख गर्दै आगामी महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गर्ने जानकारी गराइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असोज २०८०, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै